Parbat Gurung

मेरो बारेमा - राजेन्द्र प्रसाद पाण्डे

पञ्चायत विरूद्धको संघर्षदेखि नेपाल सरकारको मन्त्री हुँदै बागमतीको मुख्यमन्त्रीसम्म

पञ्चायतको ‘जनपक्षीय’ उम्मेदवार हुँदै २०४३ सालमा जिल्ला पञ्चायतको सभापति बनेका राजेन्द्र प्रसाद पाण्डे नेपाली राजनीतिमा संघर्षशील र नेतृत्व क्षमताले परिचित नाम हो । उहाँले पञ्चायतदेखि बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्मको यात्रामा कुशल नेतृत्व क्षमता प्रदर्शन गर्दै आउनु भएको छ । आफू पदमा रहँदा वा नरहँदा जिल्लाका विकास निर्माण तथा समृद्धिका लागि अहोरात्र खट्ने पाण्डे जिल्लामा विकासवादी नेताको छवि बनाउनु भएको छ । ग्रामीण विकासमा स्नातकोत्तर पूरा गर्नु भएका उहाँ प्रखर वक्ता, प्राज्ञिक र अनुभवी नेताका रूपमा आम जनतामाझ परिचित हुनुहुन्छ । भूमिगत संघर्षका क्रममा राजनीतिक दमनको सामना गर्दै उहाँले ६ वर्ष जेल जीवन बिताउनु भएको छ । धादिङको विकासका लागि ४ दशकभन्दा लामो समयदेखि अहोरात्र योगदान गरिरहनु भएका पाण्डेले आफ्नो जीवन नै देश र जनताको पक्षमा समर्पण गर्नु भएको छ । २०७८ सालमा बागमतीको मुख्यमन्त्री हुँदा उहाँले प्रदेश सरकार सञ्चालन, नीति निर्माण, विकास योजना र प्रशासनिक सुधारमा उल्लेख्य भूमिका खेल्नुभयो । उहाँकै नेतृत्वमा धादिङ जिल्लाले भौतिक संरचनासँगै स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा आमूल परिवर्तन गर्न सफल भएको छ । प्रदेशसभा सदस्य, संघीय सांसद, संविधानसभा सदस्य, मन्त्री र मुख्यमन्त्री हुँदा उहाँले जिल्लाको विकास र समृद्धिका लागि खेलेको भूमिका अतुलनीय छ ।

राजनीतिक परिचय

२०१३ साल, जेठ २९ गते धादिङको गजुरी–२ छेवाङमा मध्यम वर्गीय परिवारमा जन्मिनुभएका पाण्डेको बाल्यकाल संघर्षपूर्ण रह्यो। विद्यार्थी जीवनदेखि नै निरंकुश पञ्चायती व्यवस्थाविरूद्धको कठोर संघर्षमा होमिनुभएका उहाँले बहुदलीय प्रजातन्त्र, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासनका पक्षमा दृढतापूर्वक संघर्ष गर्नुभयो। इमान र निष्ठाको राजनीति गर्ने, जनताको सुखदुःखमा हरदम साथ दिने, वैचारिक तथा अनुभवी नेता पाण्डेले नै धादिङमा कम्युनिस्ट पार्टीको बीउ रोप्नुभयो। उहाँको कुशल नेतृत्वमा जिल्ला कम्युनिस्ट पार्टीको संगठन निर्माण र विस्तार तीव्र भयो। उहाँ नेकपा मालेको सहसचिव हुँदै एमालेको अञ्चल कमिटी सचिव, केन्द्रीय सदस्य, पोलिटब्युरो हुँदै नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्ष र हाल नेपाली कम्युनिस्ट पार्टीको वरिष्ठ नेता हुनुहुन्छ।

दृष्टि, लक्ष्य र प्रतिबद्धता

मेरो अठोट, मेरो प्रतिबद्धता

मैले कहिल्यै मेरो व्यक्तिगत फाइदाका लागि काम गरिनँ। मानिसको पहिलो कुरा स्वतन्त्रता हो । लेख्ने, बोल्ने, संगठन गर्ने अधिकार, म मान्छे हुँ भनेर उभिने अधिकार चाहिने रहेछ । हामीले अहिलेको स्वतन्त्रता लडेर, जेल बसेर, हत्कडी भिरेर र ज्यानको बाजी थापेर ल्याएको हो। विकास र समृद्धिका काम थालनी गरेका हौं। हाम्रो लक्ष्य पूरा भएको छैन। हामीले विगतमा गरेको विकास र जग बसालेका पूर्वाधार निर्माणलाई पूरा गर्नुछ । त्यसका लागि अझै मेरो ठाउँबाट दिनुपर्ने योगदान बाँकी नै छ । मैले सुरू गरेका अधुरा काम यो कार्यकालमा पूरा गर्दै नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न चाहन्छु।

सुशासन

पहिले विकास थिएन, अहिले हामी सामाजिक सञ्जाल हेरेर धारणा बनाउने जमानामा छौं । युवाहरूको आन्दोलनलाई हामीले गलत रुपमा ब्याख्या गरिरहेका छौं । उनीहरुले भ्रष्टाचारको अन्त्य, सुशासन र पारदर्शितासँगै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन माग गरेका थिए । बागमतीको मुख्मन्त्री हुँदा धेरै कामको थालनी गरेको थिएँ । भ्रष्टाचारमा शून्य सहनशीलता, जवाफदेही र पारदर्शी राज्य व्यवस्थाको पक्षमा म सधैं अडिग छु ।

दिगो विकास

विकास जनता केन्द्रित हुनुपर्छ । जिल्ला पञ्चायतको सभापति हुँदादेखि सांसद, मन्त्री र मुख्यमन्त्री हुँदासम्म सधैं विकास र सुशासन मेरो प्राथमिकता रहँदै आएको छ । हामीले विकासमात्रै भनेर हुँदैन । स्रोतको व्यवस्थापन र न्यायपूर्ण वितरण पनि हुनुपर्छ । सबै वर्ग, जाति, क्षेत्र, लिंग र सम्प्रदायलाई जोड्ने भूमिका विगतदेखि खेल्दै आएको छु । आगामी दिनमा जिल्ला र जिल्लाबासीलाई विकासको मूलप्रवाहमा जोड्दै दीर्घकालीन लक्ष्य हासिल गर्ने योजना छ ।

रोजगारी

युवा रोजगारी अहिलेको सबैभन्दा ठूलो समस्याका रुपमा देखिएको छ । युवा पलायनको डरलाग्दो अवस्था अन्त्य गर्न हामीले मेहनत गर्नुपर्ने छ । जिल्लामै शिक्षा, स्वास्थ्य, पूर्वाधार, प्राविधिक शिक्षाको व्यवस्था गर्न सक्यौं भने युवालाई गाउँमै रोजगारी उपलब्ध गराउन सकिन्छ । युवाको अहिलेको आक्रोश पनि यही छ । जुन कुरा मैले ४०को दशकमै उठाएको कुरा हो । रोजगारी सिर्जना मेरो मुख्य प्राथमिकताभित्र छ ।