विगत झण्डै ४ दशकदेखी नेपाली समाजको उन्नतीका लागि राजनीतिक, सामाजिक भुमिकामा क्रियाशिल रहँदै आएको छु । दोलखाको सुरीमा जन्मिएको र हुर्किएको म दोलखाको माटो र दोलखाबासीको भावनासंग एकदम नजिक छु ।
संविधासभा सदस्य, सांसद र मन्त्री पदमा रहँदा आर्थिक पारदर्शितालाई सदैव कायम गर्न सकेँ । जुनसुकै सार्वजनिक पद र जिम्मेवारीमा रहँदा आर्थिक रुपमा स्वच्छ छवी कायम राख्दै ईमान र नैतिकताबाट कत्ति पनि बिचलित नभई देश र जनताको सेवक बन्ने प्रयास गरेँ ।
म कर्ममा विश्वास गर्छु । त्यसैले मैले राजनीतिमार्फत जीविकोपार्जन होइन, जीविकोपार्जनका लागि उत्पादन र व्यवसाय गर्दै राजनीतिलाई सेवाको रुपमा अघि बढाएको छु । आफ्नो गर्विलो विगत, स्वच्छ सामाजिक छविको जगमा उभिएर दोलखाको दिगो विकासका लागि गर्नुपर्ने बाँकी कामहरु पुरा गर्ने नयाँ जोश, उर्जा र संकल्पका साथ यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेबाट प्रत्यक्ष तर्फ उम्मेदवार बनेको छु । यस अघि झैँ तपाइँहरुले अमुल्य मत प्रदान गरि बिजयी गराउनुहुनेछ भन्ने कुरामा म पुर्ण विश्वस्त छु ।