राजनीतिक यात्रा
जनताको विश्वासमा आधारित नेतृत्व

निर्वाचन इतिहास
२०७० संविधानसभा निर्वाचन: दोलखाबाट अत्यधिक मतले (निकटतम प्रतिद्धन्द्धी भन्दा ३० हजार बढि मतान्तरले) संविधानसभा सदस्यमा निर्वाचित। २०७४ प्रतिनिधिसभा निर्वाचन: ५५ हजार ९ सय ५४ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित।

मन्त्री/सरकारी भूमिका
२०७५ देखि २०७८ सम्म: करिब साँढे दुई वर्ष नेपाल सरकारको मन्त्री। मन्त्रालयहरू: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र सञ्चार तथा सुचना प्रविधि मन्त्री। संविधानसभा सदस्य (२०७०): २०७२ सालको संविधान जारी गर्न एउटा संविधानसभा सदस्यको रुपमा सक्दो भुमिका खेलें। जहाँ पुरा देश साथै दोलखा र दोलखालीको भावना भन्दा बाहिर गएर मैले कहिल्यै कुनै पनि बिचार र विवेक प्रस्तुत गरिन।

पार्टी जिम्मेवारी
२०४६ सालमा एमाले सुरी गाउँ कमिटीको सचिव। २०५३ सालमा एमाले दोलखा जिल्ला कमिटी सदस्य। केन्द्रिय सदस्य हुँदै पोलिटब्युरो सदस्य।
नीति निर्माणदेखि कार्यान्वयनसम्मको अनुभव

सञ्चार तथा सूचना प्रविधि मन्त्री
डिजिटल नेपाल अभियान, सूचना प्रविधि पूर्वाधार विस्तार र सञ्चार क्षेत्र सुधारमा नेतृत्वदायी भूमिका।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
सामाजिक सुरक्षा, संरक्षण नीति तथा समावेशी कार्यक्रम
कार्यान्वयनमा सक्रिय पहल।
दृष्टि, लक्ष्य र प्रतिबद्धता
मेरो दृष्टि ‘समृद्ध दोलखा, सुखी दोलखाली’ को संकल्पलाई यथार्थमा बदल्नु हो । सुशासन, समानता र समृद्धि मेरो राजनीतिक कर्म यात्राको मुल मर्म हुन् , जसका आधारमा दोलखाको समग्र आर्थिक रुपान्तरणलाई गति दिनु मेरो प्रमुख लक्ष्य हो । म जनमुखी राजनीति र समावेशी विकासमार्फत युवा स्वरोजगार बढाउँदै, सम्पूर्ण नागरिकको जीवनस्तर उकास्न र आत्मनिर्भर समाज निर्माण गर्न पूर्ण रूपमा प्रतिबद्ध छु।
संगठन सुदृढीकरण र वैचारिक नेतृत्व
२०४६ सालदेखी नेकपा एमालेबाट संगठित रुपमा राजनीतिक यात्रा प्रारम्भ गरेपश्चात म अनवरत राजनीतिक जिम्मेवारीमार्फत सामाजिक उन्नयनमा लागिरहेको छु । २०४६ सालमा एमाले सुरी गाउँ कमिटीको सचिव, २०५३ सालमा एमाले दोलखा जिल्ला कमिटी सदस्य हुँदै पोलिटव्युरो सदस्य सम्म रहेँ । २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा दोलखाबाट निर्वाचित हुँदा निकटतम प्रतिद्धन्द्धी भन्दा ३० हजार बढि मतान्तरले जिजयी भई २०७२ सालको संविधान जारी गर्न एउटा संविधानसभा सदस्यको रुपमा सक्दो भुमिका खेलेँ । यस्तै संविधान कार्यान्वयन पश्चात मुलुक संघिय संरचनामा गएसंगै भएको २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५५ हजार ९ सय ५४ मत प्राप्त गरि निर्वाचित भएँ ।
२०७५ सालदेखी २०७८ सालसम्म नेपाल सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक र सञ्चार तथा सुचना प्रविधि मन्त्रीको भुमिका कुशलतापूर्वक निर्वाह गर्ने प्रयास गरेँ । दुई वटा मन्त्रालयको नेतृत्व सम्हाल्ने क्रममा भएका कार्यसम्पादन एवम् उपलब्धीहरुप्रति म गर्व गर्दछु ।
जिम्मेवारीमा परिणाममुखी कार्यसम्पादन
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुँदा:
- दुर्गमका ११० पालिकाका गर्भवती महिलाको हेलिकप्टर मार्फत आकस्मिक उद्धार र सुत्केरी पश्चात २० हजार सहयोग दिने कार्यको सुरुवात।
- १५ लाख किशोरीलाई निशुल्क स्यानेटरी प्याड उपलब्ध गराउनका लागि मर्यादित महिनावारी प्रवर्द्धन कार्यक्रम शुरुवात।
- महिला उद्यमशीलताको प्रवर्द्धनका लागि ‘राष्ट्रिय महिला समुन्नती प्रतिभा पुरस्कार’ को शुरुवात।
- ‘सडक बालबालिका मूक्त’ देश बनाउन आवश्यक नीति निर्माण र बजेट विनियोजन।
- भ्रष्टाचारले ग्रस्त नेपाल रेडक्रस सोसाइटीमा मन्त्रालयको हस्तक्षेप र पुनर्गठन मार्फत समस्या समाधान।
- बाल मन्दिरको जग्गा लिज प्रकरणमा छानबिन र कारबाहीको सिफारिस।
सञ्चार तथा सुचना प्रविधि मन्त्री हुँदा:
- डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत नागरिक एपतर्जुमा गरि कार्यान्वयनमा ल्याइएको।
- इन्टरनेट सेवालाई ‘अत्यावश्यक सेवा’ अन्तर्गत राख्ने कानुन निर्माण।
- स्वास्थ्य केन्द्र, सामुदायिक विद्यालय र क्याम्पस तथा पालिकाहरूमा निशुल्क इन्टरनेट उपलब्ध गराउने कार्य शुरुवात।
- नेपालको आफ्नै भूउपग्रह प्रणाली स्थापनाका लागि पहिलोपटक बजेट र कार्यक्रम शुरुवात।
- मोबाइलमार्फत हुने आपराधिक गतिबिधि नियन्त्रण गर्न Mobile Device Management System (MDMS) सञ्चालन।
- नेपाली कलाकार तथा रंगकर्मीलाई प्रवर्द्धन गर्न ‘क्लिनफिड प्रणाली’ शुरुवात।
- नेपाल टेलिभिजनलाई अन्तराष्ट्रियस्तरको बनाउन ‘एनटिभी वर्ल्ड च्यानल’को शुरुवात।
संगठन सुदृढीकरण र वैचारिक नेतृत्व
२०४६ सालदेखी नेकपा एमालेबाट संगठित रुपमा राजनीतिक यात्रा प्रारम्भ गरेपश्चात म अनवरत राजनीतिक जिम्मेवारीमार्फत सामाजिक उन्नयनमा लागिरहेको छु । २०४६ सालमा एमाले सुरी गाउँ कमिटीको सचिव, २०५३ सालमा एमाले दोलखा जिल्ला कमिटी सदस्य हुँदै पोलिटव्युरो सदस्य सम्म रहेँ । २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा दोलखाबाट निर्वाचित हुँदा निकटतम प्रतिद्धन्द्धी भन्दा ३० हजार बढि मतान्तरले जिजयी भई २०७२ सालको संविधान जारी गर्न एउटा संविधानसभा सदस्यको रुपमा सक्दो भुमिका खेलेँ । यस्तै संविधान कार्यान्वयन पश्चात मुलुक संघिय संरचनामा गएसंगै भएको २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५५ हजार ९ सय ५४ मत प्राप्त गरि निर्वाचित भएँ ।
२०७५ सालदेखी २०७८ सालसम्म नेपाल सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक र सञ्चार तथा सुचना प्रविधि मन्त्रीको भुमिका कुशलतापूर्वक निर्वाह गर्ने प्रयास गरेँ । दुई वटा मन्त्रालयको नेतृत्व सम्हाल्ने क्रममा भएका कार्यसम्पादन एवम् उपलब्धीहरुप्रति म गर्व गर्दछु ।
दोलखाको समग्र विकासमा निरन्तर पहल
- सडक तथा पूर्वाधार विकास
- शिक्षा तथा स्वास्थ्य संस्थाको स्तरोन्नति
- पर्यटन प्रवर्द्धन तथा स्थानीय रोजगारी सिर्जना
- विपद् व्यवस्थापन तथा पुनर्निर्माण कार्यमा सक्रिय समन्वय
स्थानीय आवश्यकतालाई राष्ट्रिय योजनासँग जोड्दै समावेशी विकासको आधार तयार गर्ने प्रयास निरन्तर जारी छ।