Parbat Gurung

मेरो बारेमा - राजेन्द्र प्रसाद पाण्डे

पञ्चायत विरूद्धको संघर्षदेखि नेपाल सरकारको मन्त्री हुँदै बागमतीको मुख्यमन्त्रीसम्म

पञ्चायतको ‘जनपक्षीय’ उम्मेदवार हुँदै २०४३ सालमा जिल्ला पञ्चायतको सभापति बनेका राजेन्द्र प्रसाद पाण्डे नेपाली राजनीतिमा संघर्षशील र नेतृत्व क्षमताले परिचित नाम हो । उहाँले पञ्चायतदेखि बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्मको यात्रामा कुशल नेतृत्व क्षमता प्रदर्शन गर्दै आउनु भएको छ । आफू पदमा रहँदा वा नरहँदा जिल्लाका विकास निर्माण तथा समृद्धिका लागि अहोरात्र खट्ने पाण्डे जिल्लामा विकासवादी नेताको छवि बनाउनु भएको छ । ग्रामीण विकासमा स्नातकोत्तर पूरा गर्नु भएका उहाँ प्रखर वक्ता, प्राज्ञिक र अनुभवी नेताका रूपमा आम जनतामाझ परिचित हुनुहुन्छ । भूमिगत संघर्षका क्रममा राजनीतिक दमनको सामना गर्दै उहाँले ६ वर्ष जेल जीवन बिताउनु भएको छ । धादिङको विकासका लागि ४ दशकभन्दा लामो समयदेखि अहोरात्र योगदान गरिरहनु भएका पाण्डेले आफ्नो जीवन नै देश र जनताको पक्षमा समर्पण गर्नु भएको छ । २०७८ सालमा बागमतीको मुख्यमन्त्री हुँदा उहाँले प्रदेश सरकार सञ्चालन, नीति निर्माण, विकास योजना र प्रशासनिक सुधारमा उल्लेख्य भूमिका खेल्नुभयो । उहाँकै नेतृत्वमा धादिङ जिल्लाले भौतिक संरचनासँगै स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा आमूल परिवर्तन गर्न सफल भएको छ । प्रदेशसभा सदस्य, संघीय सांसद, संविधानसभा सदस्य, मन्त्री र मुख्यमन्त्री हुँदा उहाँले जिल्लाको विकास र समृद्धिका लागि खेलेको भूमिका अतुलनीय छ ।

राजनीतिक परिचय

२०१३ साल, जेठ २९ गते धादिङको गजुरी–२ छेवाङमा मध्यम वर्गीय परिवारमा जन्मिनुभएका पाण्डेको बाल्यकाल संघर्षपूर्ण रह्यो। विद्यार्थी जीवनदेखि नै निरंकुश पञ्चायती व्यवस्थाविरूद्धको कठोर संघर्षमा होमिनुभएका उहाँले बहुदलीय प्रजातन्त्र, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासनका पक्षमा दृढतापूर्वक संघर्ष गर्नुभयो। इमान र निष्ठाको राजनीति गर्ने, जनताको सुखदुःखमा हरदम साथ दिने, वैचारिक तथा अनुभवी नेता पाण्डेले नै धादिङमा कम्युनिस्ट पार्टीको बीउ रोप्नुभयो। उहाँको कुशल नेतृत्वमा जिल्ला कम्युनिस्ट पार्टीको संगठन निर्माण र विस्तार तीव्र भयो। उहाँ नेकपा मालेको सहसचिव हुँदै एमालेको अञ्चल कमिटी सचिव, केन्द्रीय सदस्य, पोलिटब्युरो हुँदै नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्ष र हाल नेपाली कम्युनिस्ट पार्टीको वरिष्ठ नेता हुनुहुन्छ।

दृष्टि, लक्ष्य र प्रतिबद्धता

मेरो अठोट, मेरो प्रतिबद्धता

आजभन्दा तीन दशक अघि फर्किएर हेर्नुभयो भने अहिलेको जस्तो धादिङ थिएन । जिल्लामा जम्मै एउटा सडक थियो। देशभक्त नागरिक हुनुका नाताले मेरो मनमा चसक्क घोच्थ्यो र मैले त्यसैबेला समृद्ध जिल्ला निर्माणको सपना देखेको थिएँ। त्यसबेला अहिलेजस्तो विचार अभिव्यक्तिको स्वतन्त्रता थिएन। शिक्षा र स्वास्थ्य सबैको पहुँचमा थिएन। परम्परागत रोजगारीभन्दा नयाँ रोजगारी सिर्जना ठप्प थियो। त्यसैबेला जनपक्षीय उम्मेदवारका रूपमा जिल्ला पञ्चायतको सभापति बनेपछि मैले दीर्घकालीन परियोजनाहरू अघि सारेँ। जर्मन सहयोगमार्फत् भीमढुङ्गा लामिडाँडा–गल्छी सडक सुरू गरेँ। योबाहेक आज जति पनि सडक र भौतिक पूर्वाधार बनेका छन्, तिनीहरूको जग मैले नै बसाएको हुँ। बहुदलीय प्रजातन्त्रको स्थापनापश्चात् धादिङको जनप्रतिनिधिका रुपमा जिल्लामा स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, कृषिजस्ता कयौं क्षेत्रमा आशा लाग्दा निर्माण, प्रगति र सुधारका कार्य थालनी भएका छन्। तिनीहरू पर्याप्त छैनन्, तर सन्तोषजनक मान्न सकिने अवस्था छ। स्वतन्त्रता, सुशासन, समानता र सामाजिक न्याय मेरो जीवनका संकल्प हुन्। निर्वाचन क्षेत्र र जिल्ला हुँदै देशभर नै शिक्षा, स्वास्थ्य, रोजगारीको सिर्जना गर्दै समृद्धिको नयाँ बिहानी ल्याउने मेरो संकल्प छ।